पोर्चुगलको यो टिमले जित्ला त विश्वकप ?

1267

काठमाडाै‌,४ जेठ – सन् २०१६ मा युरोपकप फुटबलको उपाधि जितेको पोर्चुगलले रुस विश्वकप २०१८ का लागि  टिम घोषणा गरेको छ ।विश्वकप सुरु हुन एक महिना भन्दा पनि कम समय बाँकी रहेका बेला टिम घोषणा भएको छ । तर विश्वकपका लागि घोषणा गरिएको टिममा पोर्चुगललाई युरोकपको ऐतिहासिक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलको धेरै खेलाडी छैनन् ।

टिममा को को परे ?
गोलरक्षक स् एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ

डिफेन्डर स् ब्रुनो एल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस

मिडफिल्डर स् एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोएओ मारिओ, जोएओ माउटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो

फरवार्डस् स् आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, रिकार्डो क्वारेस्मा ।

विश्वकपमा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको कप्तानी गर्ने छन् ।

युरोकप विजेता टिमका धेरै खेलाडीलाई विश्वकप टिममा समावेश गर्न नसक्दा दुःख लागेको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले बताएका छन् ।

 नानी, आन्द्रे गोमेस र रेनाटो सान्चेजले युराेकपमा मुख्य भूमिका निभएका थिए तर उनिहरु टिममा परेका छैनन ।

यस्तै युरोकप फाइनलको अतिरिक्त समयमा पोर्चुगलका लागि विजयी गोल गरेको एडर पनि टिममा परेका छैनन् ।  पोर्चुगल विश्वकपका लागि स्पेन, मोरक्को र इरानसहित समूह बी मा रहेको छ ।

Comments

comments