‘गजल’
यी यादलाई बाटो कसले बनाइदिन्छ
छन् बन्द झ्याल ढोका के बाट आइदिन्छ
भैगो सखा नाआऊ चिप्लो लिएर बोली
दुश्मन को, मित्र को हो मनले बताइदिन्छ
पुग्नू छ धेर टाढा उद्वेश्य बोकी ठूलाे
आफ्नो छ जो उसैले खुट्टा समाइदिन्छ
गार्हो रहेछ माया बुझ्नै कसै कसैको
ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ
सम्बन्ध जोडिराख्दा धेरै सहें चुनौती
यौटा वचन छ आगो यो मन जलाइदिन्छ