सन्दीप लामिछानेले हात पार्लान त धोनीको विकेट ?

617

काठडमाडौ, ४ जेठ – इन्डियन प्रिमियर लिग आइपिएलमा आज राती दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्ससँग खेल्दैछ । दिल्लीले १२ खेलमा जम्मा ३ खेल जितेको छ । उ प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको छ । १० वटा खेलमा दिल्लीले नेपालका स्पिनर सन्दिप लामिछानेलाई खेलाएन ।

तर टिम प्लेअफबाट बाहिरिसकेपछि ११ औं खेलमा दिल्लीले सन्दिपलाई रोयल च्यलेन्जर्ससँगको खेलमा मैदान उता¥यो । सन्दीपले दिल्लीको भरोसलाई सहि सावित गरिदिए । विराट कोहली, ए वि डिभिलियर्स जस्ता खेलाडीलाई बलिङ गर्ने मौका पाएका सन्दिपले ४ ओभरमा जम्मा २५ रन दिएर १ विकेट लिए । सन्दिपको बलिङको विश्वभर तारिफ भयो ।


सन्दिप शुक्रबार चेन्नइ सुपर किंग्ससँगको खेलमा पनि दिल्लीले सन्दीपलाई खेलाउने पक्कापक्की जस्तै छ । क्रिकेटको सबैभन्दा चर्चित वेवसाइट क्रिकइन्फो डटकमले पनि चेन्नइविरुद्धको खेलमा सन्दीप खेल्ने अनुमान गरेको छ । 
दिल्लीले सन्दीपले चेन्नईविरुद्धको खेल खेल्ने जनाउँदै उनले शुक्रबार कति विकेट लिन्छन् होला भनेर सोधेको छ । शुक्रबार खेल्न पाएमा सन्दीपले महेन्द्रसिंह धोनी, सुरेश रैना, शेन वाट्सन, रवीन्द्र जडेजा, अम्बाती रायूडु, ड्वेन ब्राभोलगायतका विश्वकै उत्कृष्ट ब्याट्सम्यानलाई बलिङ भने गर्नेछन् ।

धेरै नेपालको मनमा अहिले यहि कुरा खेलिरहेको छ, के सन्दीपले धोनीको विकेट हात पार्न सक्लान त ?

Comments

comments