अजस्र सँग रोमान्स गर्दै ‘वर्षा’

1669

इन्द्रेणी न्यूज, काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर-२’बाट तेश्रो लिंगीको भूमिका निर्वाह गरेर चलचित्र नगरीमा भित्रीएका अजस्र ढुंगाना सँग नायिका वर्षा राउतले ‘चौका दाउ’ मार्फत रोमान्स गर्दैछिन। एक साता अघिबाट सुटिङ्ग थालेको यस चलचित्रको अहिले धमाधम छायांकन भैरहेको छ। चलचित्र निर्माण युनिटले यहि जेठ महिना भित्रमा सुटिङ्ग सकाउने लक्ष्य समेत लिएको हो।

पूर्णेन्दु झालेको निर्देशन र सौर्य प्रोडक्सनको प्रस्तुतिमा तयार हुने यस चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् ।

शम्भुजीत बासकोटाका परिकल्पना, कथा र संगीत, दीर्घ गुरुङको छायाँकन, अभिमन्यु निरवीको पटकथा तथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर रहेको चलचित्रमा अजस्र ढुंगाना, वर्षा राउत, विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comments

comments