इन्द्रेणी न्युज,काठमाडौँ। साउथ इण्डियनसहित बलिउडकै चर्चित खलनायक प्रकाश राजले अमिताभ बच्चनमाथि हमला बोलेका छन्। बलिउडका दिग्गज अभिनेता एवं ‘विग बी’ अमिताभलाई ‘कायर’को संज्ञा दिएका हुन्। प्रकाशको बयानले पुरै उद्योगमा तरंग ल्याएको छ।
प्रकाशले यो घटनाबारे नडराई बोल्न अमिताभलाई अपिल समेत गरेका छन्। कलाकारको काम अभिनय गर्ने मात्र नभई निर्मम अपराधविरुद्ध बोल्नु समाजिक उत्तरदायित्व भएको बताउँदै उनले हामी कलाकारहरु नै कायर बने समाज पनि कायर बन्ने तर्क गरेका छन्। प्रकाश राजको टिप्पणीलाई धेरैले मन पराएका छन्। बलिउडमा यसबारे विभिन्न चर्चा सुरु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो एक अन्तर्वार्तामा प्रकाशले अमिताभ बच्चनलाई कायर भनेका हुन्। ‘जम्मू–काश्मिरमा ८ वर्षीकी नाबालिकाको सामूहिक बलात्कार हुँदा एक शब्द बोलेनन्, जबकी उनको आवाजमा निकै दम छ। उनले नबोल्नुलाई म उनलाई कायर मान्छु’, प्रकाशले भने। नागरिकमा खबर छ ।