स्वास्थ्य राज्यमन्त्री अर्याल जेनेभा प्रस्थान

103

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्याल जेनेभा प्रस्थान गरेकी छिन् । विश्व स्वास्थ्य संगठनको ७१ औं साधारण सभामा भाग लिन राज्यमन्त्री अर्याल जेनेभा प्रस्तान गरेकी हुन् ।

मे २१ देखि २६ सम्म चल्ने विश्व स्वास्थ्य संगठनको उक्त साधारण सभामा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै संबोधन गर्नेछिन् ।

सोही साधारण सभामा विश्वका विश्व स्वास्थ्य संगठनमा आवद्ध रहेका मुलुकका स्वास्थ्य मन्त्रीहरुको सहभागिता रहनेछ ।

साधारण सभामा संबोधनको क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालले नेपालको तर्फबाट स्वास्थ्य क्षेत्रको स्थीति, रणनीति र थप कार्यक्रमको बारेमा समेत विचार राख्नेछिन् ।

उक्त कार्यक्रमा पछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालको चीन र भारतको स्वास्थ्य मन्त्री र डब्लु एच ओ का डिजी संग छुट्टाछुट्टै वार्ता पनि हुनेछ ।

Comments

comments