जता पनि सन्दीपकै चर्चा : चेन्नइमाथी दिल्लीकाे जित

880

काठमाडाै‌, ५ जेठ – इन्डियन  प्रिमियर लिग क्रिकेट अाइपिएलमा दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपरकि‌ंग्सलाइ हराएकाे छ । गएराती काेट्लामा भएकाे खेलमा दिल्लीले दिएकाे १ सय ६३ रनकाे लक्ष्य पछ्याएको चेन्नइ पुरै २० अाेभर खेल्दै १ सय २८ रनमा समेटिएपछि दिल्ली ३४ रनले विजयी भयाे ।

 

दिल्लीकाे जितमा नेपालमा खेलाडी सन्दीप लामिछानेकाे ठुलाे भूमिका थियो ।  चेन्नईविरुद्धको खेलमा दिल्लीका सबैजसो बलरले राम्रो बलिङ गरेका थिए। जितका लागि संदीपले प्रभावशाली बलिङ पनि एउटा कारण थियो।

 

चेन्नइविरुद्धको खेलमा उनले सुरेश रैनाको विकेट लिए। ४ ओभरमा उनले २१ रन दिएर १ विकेट लिएका हुन्। बैंगलोरविरुद्धको पहिलो खेलमा १ विकेट लिएर २५ रन दिएका थिए।

 पहिलो ओभरमा २, दोस्रो ओभरमा ६, तेस्रो ओभरमा २ रन मात्र दिएका उनले थौथो ओभरमा ११ रन दिएका थिए। तेस्रो ओभरमा उनले रैनाको विकट लिए। लमिछानेविरुद्ध चेन्नइका खेलाडीले एउटा मात्र छक्का हो। चौथो ओभरमा सन्दीपको बलमा रबिन्द्र जडेजाले छक्का हानेका हुन्।  उत्कृष्ट बलिङसँगै सन्दीपले स्टाइलिस प्लेयस अवार्ड पनि हात पारे।

टस जितेर पहिले चेन्नइले बलिङ रोजेको थियो। दिल्लीले एक सय ६३ रनको लक्ष्य उसलाई दिएको थियो।

सन्दीप स्टाइलिस प्लेयर, पाए १ लाख भारु

चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चेर एक विकेट लिए । आफ्नो पहिलो खेलमा उनले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिएका थिए ।

दिल्ली डियरडेभिल्सले शुक्रबार राति भएको खेलमा चेन्नईलाई ३४ रनले हरायो । एक विकेट लिएका सन्दीप स्टाइलिस प्लेयर अफ दि म्याच भए । उनले त्यसबापत एक लाख भारु पाएका छन् ।

बैंगालोरविरुद्धको खेलमा सन्दीपले प्रभावशाली बलिङ गरेपछि दोस्रो खेलमा पनि सन्दीप छनोटमा परेका हुन्। पहिलो भन्दा दोस्रोमा उनले अझै राम्रो बलिङ गरेका छन्। अब दिल्लीले अन्तिम खेल आइतबार मुम्बईसँग खेल्नेछ। 

Comments

comments