आमा ए आमा- गजल

374

           ‘गजल’


आमा ए आमा म यहाँ पेटमा स्तनधारी छु
नफाल्नुस न है आमा हजुरजस्तै नारी छु

दिदीले कमाइरहदा अझै छोरा खोज्नुहुन्छ?
बुझ्छु हजुरलाई आमा निक्कै आज्ञाकारि छु

बाबा हजुरलाई सधै यो कारण कराउनुहुन्छ
किनकी हजुरको पेटमा म ठुलो भारी छु

नदि तरेर सन्सार देख्न कस्लाइ रहर हुन्न र?
पुल नभत्काउनुस न आमा म ऐले वारी छु

आमा … सुन्नुस त ए आमा सुन्नुस न आमा
मेरो कुरा सुन्नुस न आमा हजुरको प्यारी छु

चन्द्र थपलिया, बराहक्षेत्र 8 सुनसरी

Comments

comments