विराट काेहलीकाे टिम अाइपिएलबाट बाहिरियाे, १४ खेलमध्ये ८ वटामा हार

718

काठमाडाैं,५ जेठ – विराट कोहली कप्तान रहेकाे रोयल च्यालेन्जर्स बैंग्लोर अाइपिएलको जारी सिजनबाट बाहिरिएको छ । प्लेअफमा पुग्न अाजको खेल जित्नैपर्ने भएपनि राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोर बाहिरिएको हाे । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए ।

त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । । बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।

बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो । बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।

Comments

comments