५५ घन्टा मात्रै टिक्यो कर्नाटकमा भाजपाको सरकार, बहुमत पुर्याउन असफल

105

काठमाडाै‌, ५ जेठ – भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी भाजपाकाे सरकार ५५ घन्टामै ढलेको छ । कर्नाटकमा २ सय २२ सिटका लागि भएको चुनावमा भाजपाले १ सय ४ सिट जितेको थियो । बहुमतका लागि १ सय १२ सिट चाहिनेमा कुनै पनि दलको बहुमत नअाएपछि धेरै सिट भएकोले भाजपाका बिएस यद्दुरप्पाले मुख्यमन्त्रीकाे सपथ खाएका थिए ।

तर सर्वोच्च अदालतले शनिवार दिउँसो ४ बजेसम्म बहुमत देखाउन भनेकोमा बहुमत देखाउन नसकेपछि उनले राजिनामा दिएका हुन् ।

यसअघि कर्नाटकको सत्तामा रहेको कांग्रेस र जनता दल सेक्युलरले चुनावी परिणाम आएलगत्तै गठबन्धन सरकार निर्माणको घोषणा गरेका थिए। दुइ दलको सिट जोड्दा १ सय १७ सिट हुन्छ । जुन स्पष्ट बहुमत हो । उनीहरुले जनता दलका एचडी कुमारास्वामीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए। तर राज्यपालले भाजपाका यदुरप्पालाई सरकार बनाउने मौका दिएका थिए।

अब कर्नाटकमा कंग्रेस अाइ र जनता दल सेक्युलरको सरकार बन्ने छ । सोमबारसम्म सरकार बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

comments