काठमाडाैँ,६ जेठ – रियल मड्रिडले तेस्रो स्थानमा रहँदै यो सिजनको स्पेनिस ला लिगा यात्रा टुंग्याएको छ । शनिबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई २ – २ गोलको बराबरीमा रोकेपछि रियल तेस्रो स्थानमै सिमित भएको हो ।
ला लिगामा रियल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । भिल्लारियलले भने पाँचौं स्थान हात पारेको छ । भिल्लारियलको घरेलू मैदानमा भएको खेलमा पहिलो हाफमा रियलले २ गोल गरेको थियो । तर दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो ।
रियलका लागि ११ औँ मिनेटमा ग्यारेथ बेल र ३२ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे ।
तर ७० औं मिनेटमा भिलारियलका रोजर मार्टिनेज र ८५औं मिनेटमा सामु कास्टेलोले गोल गरेपछि खेल बराबरीमा रोकियो । रियलले यो सिजन ३८ खेलमा २२ खेल जित्यो भने १० खेल बराबरी गर्यो । ६ वटामा भने रियल बराबरीमा रोकियो ।