कोलकाता पुग्यो अाइपिएलको प्लेअफमा

210

काठमाडा‌‌ै, ६ जेठ – कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको प्ले अफमा पुगेकाे छ  शनिबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावादलाई ५ विकेटले हराउँदै कोलकाताले प्ले अफमा स्थान पक्का गरेको हो ।

 

सनराइजर्स हैदरावादले दिएको १७३ को लक्ष्य कोलकाताले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।उसका लागि क्रिस लिनले ५५, रोबिन उथप्पाले ४५, सुनिल नरिनले २९ तथा कप्तान दिनेश कार्तिकले नटआउट २६ रन बनाए ।

यसअघि  घरेलु मैदानमा पहिले ब्याटिङ्ग गरेको हैदरावादले ९ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।  कोलकाताको जीतमा शिखर धवनले ५०, केन विलियम्सनले ३६, एसपी गोस्वामीले ३५ तथा एमके पाण्डेले २५ रन बनाए ।

प्ले अफमा स्थान बनाएको कोलकाताको १६ अंक भएको छ । शीर्ष स्थानमा रहेको हैदरावादको १८ अंक छ । चेन्नई र हैदरावादले यसअघि नै अघिल्लो चरणमा स्थान पक्का गरेका छन् ।

Comments

comments