काठमाडाै,६ जेठ – इटालीका विश्वविख्यात गोलकिपर जियानलुइजी बुफोन इटालियन क्लव युभेन्टसबाट विदाइ भएका छन । १७ बर्षअघि युभेन्टसमा अावद्द भएको बुफोन शनिवार राती भेरोनासँगको खेलपछि युभेन्टसबाट विदाइ भएका हुन् । अन्तिम खेलमा भेरोनासँगकाे खेल युभेन्टसले २-१ ले जितेसँगै बूफोनको विदाइ सुखद पनि भएको छ ।
४० बर्षका गोलकिपर वुफोन १७ बर्षअघि युभेन्टस गएका थिए । शनिवार राती उनी मैदानबाट बाहिरिँदा बुफोनले अाँसु झारेका थिए ।उनले खेल जिवनबाट भने सन्यान लिएका छैनन । यो हप्ताभित्रमा निर्णय लिने उनले बताएका छन् ।
सन् १९९७ देखि इटालीको राष्ट्रिय टिमको सदस्य बनेका बुफोनले २०१२ अघि विश्वकपको उपाधि पनि जिताएका छन् ।
बुफोनले अहिलेसम्म १०५१ खेल खेलेकोमा ९ पटक सिरी ए को उपाधि जितेका छन् ।