एउटै घरमा ती दुई नारी मिल्दैनन -‘गजल’

479

”गजल”


एउटै घरमा ती दुई नारी मिल्दैनन
कैले सासु त कैले बुहारी मिल्दैनन

मुखमा राम दुइकोठा भगवान राखि
पुज्छन तर तिनै सँस्कारी मिल्दैनन

म सासू उ बुहारी उ सासू म बुहारी
जान्छ ठाडो भाषा चिनारी मिल्दैनन

घरमा लडाइँ चलेर अंश भाग लाग्दा खेरी
भाग लागेका सुर्का सुर्की बारी मिल्दैनन

चन्द्र थपलिया- सुनसरी

Comments

comments