सन्दीपको सनसनीपुर्ण बलिङ्, हात पारे ३ विकेट, दिल्लीको सान्तवना जित

629

काठमाडाैं, ६ जेठ – नेपालका स्पिनर सन्दीप लामिछानेकोव सनसनी बलिङको मद्दतमा दिल्ली डेयर डेभिल्सले मुम्बइ इन्डियन्सलाइ हराएकाे छ । इन्डियन प्रिमियर लिगअन्तर्गत समूहको अन्तिम खेलमा देल्ली डेयर डेभिल्सले मुम्बइ इन्डियन्सलाई ११ रनले पराजित गरेको हो।

मुम्बइका लागि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने भएपनि खेर हारेपछि मुम्बइ प्रतियोगिताबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरेको ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको मुम्बइ १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६३ रनमा समेटियो।

दिल्लीका लागि सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए।  सन्दीपले पहिलो ओभरमै  मुम्बइका सूर्यकुमार यादवलाई १२ रनमा क्याच आउट गराए। यस्तै, सन्दीपले आफ्नो दोस्रो ओभरमा दुई विकेट लिए। उनले ७ रनमा खेलिरहेका किरन पालार्ड र ४ रनमा खेलिरहेका क्रुनाल पण्डेलाई पबेलियन फर्काए। सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर ३ विकेट लिएका थिए। आइपिएलमा देल्लीका अन्तिम ३ खेल खेलेका सन्दीपले आफ्नो नाममा ५ विकेट लेखाएका छन्।

यस्तै, देल्लीका लागि अमित मिश्र र हर्षल पटेलले पनि समान ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले १ विकेट लिए ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको दिल्लीले अाज सान्त्वता जित हात पारेकाे हो ।

Comments

comments