यस्तो बनेर आयो ‘कुम्भ करण’को ट्रेलर KUMVA KARAN | New Nepali Movie Official Trailer

439

काठमाण्डौ-आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुती र दिपक वलीको निर्देशनमा तयार भएको चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रम विच सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र रिलिक पुर्व नै १२ लाखमा अस्ट्रेलियामा बिक्री भैसकेको यो चलचित्र सस्पेन्स र डार्क कमेडी शैलिमा निर्माण गरिएको चलचित्र निर्माण युनिटले जनाएको छ। कार्यक्रममा बोल्दै यस चलचित्रका निर्माता बिजय श्रेष्ठ-‘ले मलाई यो चलचित्रको कथा धेरै नै मन परेर मैले लगानी गरेको हो। र चलचित्र पनि सोचेभन्दा राम्रो बनेको दावी गर्न सक्छु किनकी पछी यो चलचित्र हलमा लागिसकेपछी चलचित्र हेरेर फर्किएका सबै दर्शकहरुले ‘कुम्भ करण’को तारिफ गर्दै फर्किन्छन भन्नेमा म पुर्ण विश्वस्त छु।’

चलचित्र ‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् भने का यस चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।

असार २२ गतेबाट सार्वजनिक परदर्शनमा आउने यस चलचित्रमा आकाश पल, प्रमोद अग्रहरी, कमल गाउँले, सदभाव थापा लगायतका कलाकारअहरुको अभिनय रहेको छ।

Comments

comments