बाहिरियो प्रिति जिन्टाको टिम, अाइपिएलको प्लेअफमा कुन कुन टिम पुगे ?

1120

काठमाडाै‌, ७ जेठ – इन्डियन प्रिमियर लिग अाइपिएल क्रिकेटमा नायीका प्रिति जिन्टाको टिम किंग्स इलेभेन पञ्जाव प्लेअफमै नपुगी बाहिरिएको छ । गएराती चेन्नइ सुपरकिंग्ससँग हारेपछि पञ्जाव प्लेअफमा नपुगी बाहिरिएको हो ।

५ विकेटले चेन्नइ विजयी भएको हो। पञ्जाबले एक सय ५४ रनको लक्ष्य दिएकोमा चेन्नइले १९.१ ओभरमा १ विकेट गुमाएर १ सय ५९ रन बनायो।

  पञ्खेजावले खेल हारेसँगै राजस्थान भने प्लेअफमा पुगेको छ। १४ मध्ये ९ खेल जितेर हैदरावाद पहिलो स्थानमा परेको छ भने दोस्रोमा ९ खेल नै जितेर चेन्नइ छ। कलकत्ता र राजस्थान पनि प्लेअफमा परेका छन्।

पहिलो सेमिफाइनल मंगलबार हैदरावाद र चेन्नइबीच हुने छ। याे खेलको विजेताले सिधै फाइनल प्रवेश गर्नेछ । हार्ने टिमले कलकत्ता र राजस्थानबीचको खेलमा विजयी हुने टिमसँग फेरि प्रतिस्पर्धा गर्न पाउनेछ।

Comments

comments