पक्का: ‘मुन्नाभाई’ को पार्ट ३ बन्ने

84
एजेन्सी । डाइरेक्टर राजकुमार हिरानीले बनायको ‘मुन्नाभाई एमबीबीएस’ र ‘लगे रहो मु्न्नाभाई’को सफलता पछी यसको तेस्रो पार्ट निर्माण गर्ने घोषणा गरेका छन् । आउटलुकलाई एक अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘हामी ‘मुन्नाभाई’ को तेस्रो पार्ट गर्न चाहन्छौं र स्क्रिप्ट लेखिरहेका पनि थियौं तर स्क्रिप्ट पहिलो दुई भागसँग मिलिरहेको थिएन । अब मलाई केही मिलेको छ तर त्यसलाई लेख्न बाँकी छ ।’
दुई सिरिजका सह-लेखक अभिजात जोशीले पीटीआईलाई एक अन्तर्वार्ता दिँदै भनेका छन्, ‘सबैभन्दा मुश्किल त्यसलाई म्याच गर्नु हो, जुन हामीले ‘लगे रहो मुन्नाभाई’ मा गरेका थियौं । हामी केही यस्तोको खोजीमा छौं, जसले ‘लगे रहो मुन्नाभाई’ को स्ट्यान्डर्डको म्याच गर्न सकोस । हामीसँग एक आइडिया छ । यो एकदम नयाँ छ ।’
सञ्जय दत्त ‘मुन्नाभाई’ को पार्ट ३ बाट बलिउडमा कमब्याक गर्न चाहन्थे तर राजकुमार हिरानीले पहिला उनको बायोपिक ‘सञ्जू’ बनाए । ‘सञ्जु’ मा रणबीर कपूरको लुक्स सञ्जयसँग एकदम मिल्दोजुल्दो छ ।
संजयले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले यस फिल्मको सिन हेरेको छु । रणबीर म जस्तो देखिएकोमा मलाई विश्वास नै लागिरहेको छैन । राजू, ‘मुन्नाभाई’ मा रणबीरलाई नलेऊ ।

Comments

comments