भदौ १ मा अनुप र प्रशान्तको ‘जय शम्भु’ New Nepali Movie Jaya Shambhu

457

इन्द्रेणी न्युज,काठमाडौं। अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर निकैनै पतिक्षित चलचित्र ‘जय शम्भु’को प्रदर्शन मिती तोकिएको छ । रुपेश तामाङको निर्देशमा तयार भएको यस चलचित्रको प्रदर्शन मिती श्वावण १ गतेबाट सरेर भदौ १ गतेलाई फाइनल गरिएको चलचित्र निर्माण युनिटले जनाएको छ ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् भने काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा छांयाकन गरिएको यस चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।

एक्सन लभस्टोरी जानरामा निर्माण गरिएको यक चलचित्रमा अनुप विक्रम शाही र प्रशान्त ताम्राकार, वर्षा शिवाकोटि, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायत अन्य कलाकारहरुको पनि अभिनय छ ।

Comments

comments