एकीकरणको ५ दिन नवित्दै नेकपा फुट्ने संघारमा, को हुन कमाण्डर ?

1159

काठमाडौं- दुई वामपन्थी दल एकीकरण घोषणामा सम्भावना बोकेका नेताहरुलाई पाखा लगाउन षड्यन्त्र भएको भन्दै नवगठित नेपाल कम्युनिष्ट पार्टीभित्र असन्तुष्टि बढेको छ । असन्तुष्टि सम्बोधन नभएमा शीर्ष नेताकै नेतृत्वमा पार्टी फुट्ने खतरा बढेको नेताहरु बताउँछन्।

दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका झलनाथ खनालदेखि भीम रावलसम्म असन्तुष्ट रहेको सार्वजनिक भएको छ। खनाल र रावलसंगै एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको नेकपानिकट स्रोतले जानकारी दियो।

असन्तुष्टि सावजनिक गर्ने क्रममा एमालेका बरिष्ठ नेता खनालले सार्वजनिक रुपमै एक अन्तर्वार्ता दिँदै यो प्रक्रिया आफले स्वीकार नगर्ने बताइसकेका छन्।

प्रदेश ७ लोकप्रिय नेता रावलले नेकपा एमालेलाई सुदूरपश्चिममा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट« र राष्टि«यताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिका रुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो।

अछाम जिल्लाका रावल २०३२ सालमा पढाईको सिलसिलामा राजधानी प्रबेश गरेसंगै बामपन्थी राजनीतिमा सक्रिय बनेका थिए । बिधार्थी कालमा संगठन निर्माणकालागि पैदल यात्रा गर्दै नारायणघाट काठमाडौं ओहर दोहर गरेका रावललाई अखिलको नेतृत्वमा आउन नदिने षड्न्त्र भएको थियो ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका रावल नेता माधव कुमार नेपाल निकट मानिन्थे । उनी नेता नेपाल र केपी ओलीका बिचमा रहेको तिक्तता मेटाउन सफल बनेका थिए । नेता रावलकै कारण अहिले दुई जना नेताहरुका बिचमा कार्यगत एकता सम्भव भएको बताइन्छ। नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका रावल भारतीय हस्तक्षेपका बिरुद्ध निरन्तर खबरदारी गरिरहेका छन्।

पार्टीमा निरन्तर क्रियाशिलहरुलाई पाखा लगाउन अमुक नेताका बिरुद्ध बिष बमन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले भजनमण्डली तयार गरेको स्रोतको दाबी छ । भूगोलमा क्रियाशिल नेताहरुका बिरुद्ध तल्लो स्तरको गाली गलौजमा उत्रनेहरुलाई पुरस्कृत गरेको भन्दै ओलीको आलोचना भएको छ ।

सरकारमा सहभागिताका सन्दर्भमा प्रदेश नम्बर ७ लाई बेवास्ता गरेकोबाट केपी ओलीसंग भीम रावल चिढीएको बताईएको छ। प्रधानमन्त्री ओली संगको भेटमा रावलले प्रदेशबाट आफू अनुकुल मान्छेलाई मन्त्री बनाउने तर समग्र प्रदेशलाई बेवास्ता नगर्न आग्रह गरेका थिए ।

भारतीय हेपाहा प्रबृतिका बिरुद्ध खुलेर मुकाबिला गर्ने स्वभाव भएका रावललाई पार्टी एकीकरण प्रकृयामा किनारा लगाउन भारतीयहरु सक्रिय भएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार दुवै पार्टीका बाहालवाला महासचिव खाली गरेर एकीकृत पार्टीको महासचिव भीम रावललाई बनाउने सहमति बनेको थियो ।

पूर्वसहमति बिपरित अकस्मात रुपमा पुष्पकमल दाहालले महासचिवका रुपमा बिष्णु पौडेललाई प्रस्ताव गरेका थिए। प्रचण्ड मार्फत आएको प्रस्तावलाई माधव कुमार नेपालले सहमति दिएको भन्दै स्रोतले भन्यो– ‘माधवकुमार नेपाल भारतीयहरुलाई चिढ्याउने पक्षमा आफू नरहेको भन्दै कती भारतीयसंग लड्ने भन्दै उठेर हिड्नुभयो।’

नाकाबन्दी गर्दा समेत कुनै उपलधि हासिल गर्न नसकेको भारतले पार्टी एकीकरणसंगै आफ्नो प्रभावमा रहेका मान्छेलाई पार्टीका महत्वपूर्ण स्थानमा पुगाउन सफल भएको बिश्लेषण गरिएको छ। पछिल्लो पटक तत्कालिन एमालेका तर्फबाट केन्द्रीय कमिटी सदस्य छनोटमा समेत भारतीयहरुले हस्तक्षेपकारी भूमीका निर्वाह गरेको स्रोतको दाबी छ।

अध्यक्षद्वय ओली र प्रचण्डबाट सहमति तोडिएपछि नेता भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री ओली, पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसंग छलफल गरेका थिए। छलफलमा उनले सोमबारसम्म आफ्नो विषयमा कुनै निर्णय नभए कडा कदम चाल्ने चेतावनी दिएको स्रोतले बतायो। उनले नेतृत्वलाई असन्तुष्ट नेताहरु समेटेर पार्टी फुटाउने संकेत समेत ओली र प्रचण्डलाई दिएका थिए।

Comments

comments