अवतारको रुपमा मेरो जिवनयात्रा विमोचित

146

काठमाडौँ, ७ जेठ – बौद्ध धर्मका गुरु स्याङ्पा रिन्पोछेद्वारा लिखित ‘अवतारको रुपमा मेरो जिवनयात्रा’ विमोचन भएको छ ।

सन्ताउन्न वर्षीय रिम्पोन्छेले आफ्नो बाल्यकालमा आइपरेका बाधा, व्यवधान र कठिनाइलाई समेटेर तयार गरिएको पुस्तकको आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विमोचन गर्नुभएको हो ।

स्याङ्पा फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले बुद्ध परम्परामा ज्ञान नै ठूलो शक्ति भएकाले रिन्पोछेले आफ्नो ज्ञान र आफूले भोगेका कुरालाई बाहिर ल्याएर राम्रो काम गरेको बताउनुभयो ।

“जहाँ शान्ति हुन्छ, त्यो ठाउँ राम्रो हुन्छ, शान्ति भएको देशमा विकास चाँडो हुन्छ,”–उहाँले भन्नुभयो ।

मन्त्री तामाङले सकारात्मक सोचबाट अगाडि बढेमात्र सफल भइने बताउनुभयो ।

पोखराको ज्याङछुक जुलिङ गुम्बाका प्रमुख तथा धर्मोदय सभाका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका रिम्पोछेले डोल्पामा जन्मेर पोखरामा आएर संघर्षरत जीवन बिताउनुभएको थियो ।

उहाँले पुस्तकमा आफु जन्मेपछि बुवाको निधन, आमाले गरेको संघर्ष, तिब्बतमा दुई वर्षको बसाइँ, भारतको वारणसीमा अध्ययन, आफू धर्मगुरु भएपछि गरेका कामहरु पुस्तकमा उतार्नुभएको छ ।

Comments

comments