आमिरले अस्वीकार गरेका थिए ‘संजु’

498

इन्द्रेणी न्युज,काठमाडौं। बलिउड अभिनेता संजय दत्तको जीवनकथामा निर्माण भएको चलचित्र ‘संजु’लाई लिएर अहिले बलिउडमा निकै चर्चा भएको छ । चलचित्र २०१८, २९ जुनमा प्रर्दशनमा आउने भएको छ ।

राजकुमार हिरानीले आमिरलाई संजयका बुवा सुनिल दत्तको रोल अफर गरेका थिए तर आमिरले उक्त भूमिका अस्विकार गरेका हुन्। हिरानीले चलचित्रको स्क्रिप्ट अमिरलाइ सुनाए पछि अमिर आफूलेनै ‘म पनि केही गर्छु’ भनेका कारण हिरानीले उनलाइ सुनिल दत्तको भूमिकाका लागि अफर गरेंका थिए। तर अमिर त्यती बेला चलचित्र दंगलमा अधबैंसे व्यक्तिको भूमिका निभाइरहेका कारण उनले यो अफर अस्वीकार गरेका हुन् ।

चलचित्रमा रणबीर कपुर, संजय दत्तको भूमिकामा देखिनेछन् । रणबीरका साथै यस चलचित्रमा परेश रावल, विक्की कौशल, दिया मिर्जा, सोनम कपुर, अनुष्का शर्मा, मनिषा कोइरालाको पनि अभिनय रहेको छ । तर यस चलचित्रमा आमिर खानलाई पनि एक रोल अफर गरिएको कुरा बहिरिएको छ ।

Comments

comments