फोटोका कारण ऐश्वर्यामाथि अश्लील कमेन्टको वर्षा, समलिंगीको सम्म आरोप

844

इन्द्रेणी न्युज,काठमाडौं। मदर्स डेमा बलिउड अभिनेत्री ऐश्वर्या रायले छोरी आराध्यासँगको एक फोटो शेयर गरिन् । यो फोटोमा उनी छोरी आराध्याको ओठमा किस गरिरहेकी थिइन् । इन्स्टाग्राममा शेयर गरिएको यो फोटोमा अहिले फ्यानहरुले निकै अश्लील कमेन्ट गरेका छन् । अहिले ऐश्वर्याले निकै आलोचनाको सामना गर्नु परेको छ ।

छोरीप्रति माया देखाउने यो तरिकालाई सामाजिक संजाल प्रयोगकर्ताहरुले निकै गलत भनेका छन् । इन्स्टाग्राममा युजरहरु यतिसम्म गए कि उनीहरुले ऐश्वर्यालाई लेस्बियन (महिला समलिंगी) भनिदिए । केहीले यसलाई यौनजन्य हिंसासमेत भनेका छन् ।एजेन्सी।

Comments

comments