काठमाडाैं,८ जेठ – आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबल काे लागि उपाधी दावेदार मानिएको स्पेनले टोलीव घोषणाा गरेको छ । २०१० काे विश्वकप उपाधी जितेको स्पेनले केही स्टार खेलाडी समावेश नगरी २३ जनाको टोली घोषणाा गरेको हो । यस्तो छ स्पेनको टिम :
गोलरक्षक : डेविड डी जिया, केपा अर्रिजाबालागा, पेपे रिइना
डिफेन्डर :जेराड पिके, जोर्डी अल्बा, नाचो मोनरियल,नाचो फर्नान्डेज, अल्भारो ओड्रिओजोला, , डानी कारवाहाल, सर्जिओ रामोस, केसर एज्पिलिक्युटा
मिडफिल्डर : थिएगो एल्कानतारा, आन्द्रेस इनिएस्टा, सर्जिओ बास्क्वेट, इस्को, डेविड सिल्भा, साउल निगुएज, कोके
फरवार्डस् : मार्को एसेन्सिओ, लागो एस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरिनो, लुकास भाज्क्वेज
तर स्पेनको टिममा रियल मड्रिडबाट यहि सिजन चेल्सी गएका मोराटा भने परेनन् । उनले यो सिजनमा ११ गोल गरेका थिए । मोराटासँगै मार्कस एलोन्सो, सेस फाब्रिगास र हेक्टर बेलेरनी पनि टिममा परेका छैनन् । स्पेनले विश्वकप २०१८ मा अाफ्नो पहिलो खेल जुन १५ मा पोर्चुगलसँग खेल्दैछ ।