सन्तोष सेनले ६ वर्षिय छोरालाई डेब्यू गराउँदै!

1480

सन्तोष सेन नेपाली फिल्म क्षेत्रमा परिचित नाम भइसकेको छ । सेनले आफ्नो चलचित्रमा खेलाएका अधिकांश कलाकारहरु यतिबेला स्टारको दर्जा पाउन सफल भएका छन् । उनको चर्चा परिचर्चा फिल्म क्षेत्रमा रामै हुने गर्छ । चंखे शंखे पंखे, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ जस्ता सफल फिल्महरु उनले नेपाली फिल्म क्षेत्रमा दिइ सकेका छन् । उनै निर्माता सन्तोष सेन अव पुनः नयाँ फिल्म निर्माणमा जुटेका छन् ।

युवा स्टार प्रदीप खड्कासँग दुई फिल्म गरिसकेका सन्तोष, यसपटक भने आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई डेब्यू गराउँदै छन् । केहि दिन भित्र छायांकनमा जाने तयारिमा रहेको फिल्मको नाम समेत गोप्य राखिएको छ । फिल्मको बारेमा सम्पूर्ण जानकारी भने केही दिन भित्रै गराउने योजनामा छन् ।

निर्देशक देखि बाँकी सबै कलाकारको छनौट पूरा भइसकेको छ, निर्माता सेनले भने । उनका अनुसार, एक आमा र छोराको कथा बोल्ने उक्त फिल्म फ्यामिली ड्रामामा निर्माण हुनेछ । त्यसैले उनले आफ्नै ६ बर्र्षीय छोरालाई नायकको भूमिकामा डेब्यु गराउन लागेका हुन । लगातार ६ महिना देखि आफ्नो छोरालाई उनले मण्डला थिएटरमा अभिनयको ट्रेनिङ दिइरहेका छन् । ‘छोरा अब डेब्यूका लागि तयार भइसकेको जानकारी दिएका छन् ।

Comments

comments