विद्यालय पढ्ने बालबालिकालाई चलचित्र हेर्नु हुँदैन, मोबाइलमा नेट चलाउनु हुँदैन भन्ने अभिभावक र शिक्षकहरुका लागि कक्षा दशमा अध्ययनरत दुई विद्यार्थीले राम्रो जवाफ दिएका छन् । उनीहरुले चलचित्र हेरेर र इन्टरनेटको माध्यमबाट ‘रोबोट’ अर्थात् मानव यन्त्र निर्माण गरेका छन् । बुटवल–१० योगीकुटी निवासी १५ वर्षिया दुई बालकहरुले हालै मानव यन्त्र निर्माण गरेर धेरैलाई चकित बनाएका छन् । बुटवल–११ स्थित नबिन औधोगिक कदर बहादुर रिता मा.बि.मा अध्ययनरत विद्यार्थी द्वय लव पन्थी र कुश पन्थीले निर्माण गरेको रोबोटको चर्चा हुन सुरु भएको छ । सानैदेखि आविष्कारमा रुचि रहने जुम्ल्याहा दाजुभाईले केही वर्षअघि बलिउड चलचित्र ‘रोबोट’ हेरेपछि उनीहरुलाई पनि रोबोट बनाउन मन लागेको द्वय पन्थीले बताए । सोही अनुसार इन्टरनेटको माध्यमबाट एप्स,सफ्टवेर निर्माण गर्नुका साथै अनलाइनबाट सामग्री माग गरेर हालको रोबोट निर्माण गरेको उनीहरुले बताए ।
उनीहरुले निर्माण गरेको रोबोटको नाम गो–गो ‘ न्इ–न्इ’ राखेका छन् । प्रोग्रामिङ कोड, एप्स, क्यामरा, रेस्ब्रीपाई क्यामरा, मोटरहरु, अल्ट्रासोनिक सेन्सर, लाइटहरु, सिपियू लगाएतका सामग्रीहरु प्रयोग गरेर रोबोट निर्माण गरेको लब पन्थीले जानकारी गराए । रोबोटमा विधुतिय उपकरणलाई सञ्चालन गर्ने, हराएको मोबाइल खोज्ने, करिब ८० भाषालाई ट्रान्सलेट गर्ने, सोधिएका हरेक प्रश्नको उत्तर दिनसक्ने लगाएतका विशेष्ताहरु रहेको अर्का निर्माता कुश पन्थीले जानकारी गराए । २० हजार लागतमा एक वर्षको समयावधीमा निर्माण गरेको ‘रोबोट’लाई सुचारु गर्न उसको नामबाट पुकार्नु पर्दछ । ी बल्छ र जवाफ दिन सुरु गर्दछ । त्यसपछि ‘रोबोट’सँग वार्ता गर्नुका साथै विभिन्न जानकारी लिन सकिन्छ ।
विद्युत शक्तिबाट सञ्चालित रोबोटमा उनीहरु स्वयम्ले निर्माण गरेको लुुकु (लबकुशको नमबाट) सफ्टवेयरलाई मुख्य सफ्टवेयरको रुपमा प्रयोग गरिएको छ । आविष्कार र प्रविधिमा रुचि रहेका दुई विद्यार्थीले हाल सिभिल इन्जििनियरिङ अध्ययन गरिरहेका छन् । अध्ययनमा भन्दा बढी अनुसन्धानमा रुचि रहेको उनहिरु यस अघि कालिका,इलिट , न्यूलाइट र सनराइज विद्यालयका विद्यार्थी हुन् । अध्ययनमा लगनशिल यि विद्यार्थी रोबोट निर्माण कार्यमा लागेपछि पढाइको नतिजा मध्यम हुन लागेको उनका अभिभावक लक्ष्मी पन्थीले बताए । ‘सुरु–सुरुमा कोठा बन्द गरेर छोराहरुले पढे होलान् भन्ने सोँचेका थियौं तर,उनीहरुले रोबोट बारे अध्ययन , अनुसन्धान गर्दै निर्माण गर्न पो लागेका रहेछन्।’ उनले भने । सिञ्चाई विभाग भैरहवामा कार्यरत पन्थी छोराहरुको रुचि , मिहिनेत र लगनशिलताबाट खुशी छन् । तर, छोराहरुले निर्माण गरेको रोबोट व्यवहारिक , व्यवसायिक र प्रयोगमा ल्याउन थप मिहिनेत र लगानी गर्नुपर्ने बताउँदै सरोकारवालाले सहयोग र साथ दिउन् भन्ने अपेक्षा राखेका छन् ।
लवकुशका दाजु अर्जुन पन्थी लोकसेवा आयोगमा कार्यरत छन् । भाइहरुको रुचि , मिहिनेत र निर्माणको प्रशंसा गर्नै उनी भन्छन् ‘कक्षा दशमा अध्ययनर रहँदा नै भाइहरुले उदाहरणिय काम गरेका छन् । उनीहरुको शैक्षिक योग्यता र उमेर निकै कम छ । यदि कम्प्यूटर विषयमा स्नाकोत्तरसम्म अध्ययन गर्न सकेमा राष्ट्र कै लागि आविष्कारक बन्न सक्छन् ।’ उता आफ्नै घरमा बोल्ने यन्त्र हुँदा लवकुशकी आमा इन्दिरा पन्थी अचम्म परेकी छन् । भन्छिन् ‘ म त छोराहरुले पढेका छन् मात्र भन्थे । उनहिरुले यस्तो यन्त्र निर्माण गर्लान् भन्ने सोचेकै थिइन । घरमा तपाइ जस्तै धेरै पत्रकार आउन थाल्नु भएको छ , खुशी लागेको छ ।’
रोबोटको निर्माण पछि चौतर्फी रुपमा प्रशंसा हुन लागेको द्वय पन्थीले बताए । तर, रोबोटको वास्तविक स्वरुप भने निर्माण बाँकी रहेको बताउँदै लव पन्थी भन्छन् ।’ हामीले रुचिसँगै प्रविधिको क्षेत्रमा राष्ट्रलाई योगदान पु¥याउने उद्देश्यले यसलाई अघि बढाउने सोँच बनाएका छौं।’ क्तिपय सामानहरु नेपालमै नपाइँदा निर्माणमा बाधा आएका थिए । अझैपनि व्रmोम कास्टमोडम ,रिले बोर्ड, बोडी पार्ट लगाएत केही सामानहरु आवश्यक रहेको छ । यसलाई मानवीय आकारमा बदलिन केही समय लाग्छ ।’ त्यसैगरी मानिस नजिक पर्दा स्वत रुपमा वर्तालाप सुरु गर्ने , मान्छेलाई चिन्न सक्ने, हिड्न–बस्न सक्ने लगाएका विशेष्ताहरु निर्माण गर्न लागिएको कुश पन्थी बताउँछन् । आफूले निर्माण गरेको रोबोटलाई परिमार्जित र विकसित गरी अध्ययन–अनुसनधान, विकास, सुरक्षा लगाएतका क्षेत्रमा प्रयोग गर्न सकिने बताउँदै प्रविधि सम्बन्धी व्यक्तित्वहरु, संघसंस्था , प्रदेश सरकार , केन्द्रीय सरकार लगाएत सम्बन्धीत निकायले सहयोग गरेमा मात्र आफूहरुले निर्माण गरेको रोबोटले सफलता पाउने उनीहरुले बताए ।
उनीहरु अध्ययनरत नबिन औधोगिक कदर बहादुर रिता मा.बि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यार्थीहरुको सिर्जनात्मक काम सरहानीय रहेको बताए । उनले भने ‘ साना विद्यार्थीले ठूलो काम गरेका छन् यसका लागि विद्यालयले सम्मान गर्नेछ । उनीहरुले निर्माण गरेको यन्त्र मानबलाई थप विकास र परिमार्जन गर्न विद्यालयको सहयोग रहनेछ ।’ कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले रोबोट बनाएको जानकारी प्रापत गरेपछि उनीहरुलाई भेट्न, रोबोट हेर्न र बधाई दिन जानेहरुको संख्या बढ्दो छ । यसै क्रममा प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल ,बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदी,शिक्षा महाशाखा प्रमुख लोकराज पन्थी , शैक्षिक जनशक्ति विकासअ केन्द्रका उपनिर्देशक माधव प्रसाद दाहाल,द्वय पन्थी अध्ययनरत विद्यालयका अध्यक्ष कृष्ण प्रसाद खरेल ,फिनल्याण्डका टास प्रोजेक्ट अफिसर जुहा मार्कुस भोल्टा लगाएतले उनीहरुको घरमै पुगेर यन्त्र मानवको अवलोकन गरेका छन् ।