इन्द्रेणी न्युज
प्रदिप सुबेदी,काठमाडौँ। ‘हलिउड’ अर्थात पुरानाे फिल्मी उधाेगकाे नाम । सन् १९१0मा बनेकाे पहिलाे फिल्म ‘ईन वल्ड क्यालिफोर्निया देखि अहिले सम्म थुप्रै फिल्म बनिसकेका छन।स्वभावतः कति गुमनाम हुन्छन ,कति नाम दाम सहित दर्शककाे मन जित्न सफल हुन्छन।यस्तै उदाहरण बन्न सफल उत्कृष्ट पाँच फिल्म
१.टाईटनिक-
प्रेम कथामा अाधारित एेतिहासिक तथा ‘फिक्सनल’ फिल्म टाईटनिक १९९७ मा रिलिज भएकाे थियाे।जेम्स क्यामरन निर्देशित याे फिल्म १९१२ मा भएकाे पानीजहाजकाे वास्तविक दुर्घटना सँग पनि सम्बन्धित छ।पानीजहाजका दुई यात्रु वीचकाे प्रेम सम्बन्ध विशेष छ।दुई यात्रु लियाेनार्दाे दिकार्पियाे(ज्याक दशन)केट उईन्सलेट(राेजी दुईत बुकातेर)बीचकाे प्रेमकथा साच्चिकै मन छुने खालकाे छ ।
२.नाेटबुक-
निकाेलस स्पार्ककाे चर्चित उपन्यासमा बनेकाे याे फिल्मलाई निक कासाभेत्सले निर्देशन गरेका छन।२००४ मा रिलिज भएकाे याे चलचित्रमा रियान गसलिङ(नाेहा) रचेल मेग्दमास(एल्ली)काे प्रेमकहानी समावेश छ।दाेश्राे विश्वयुद्ध ताकाकाे अमेरिकन समाज अनि नाेहा र एल्लीकाे प्रेम, प्रेममा परेकाे सामाजिक तथा अार्थिक प्रभावलाई चलचित्रमा देख्न पाईन्छ।
३.ब्राेकब्याक माउन्टेन –
अाङ ली निर्देशित चलचित्र सन् २००५ मा रिलिज भएकाे चलचित्र हाे।समलैङ्गिक प्रेम कथामा अाधारित याे चलचित्रमा हेथ लेडगर(एनिस)जेक गेलेनहल(ज्याक) गे काे भुमिकामा छन।२ भेडा गाेठाला बीचकाे प्रेमसम्बन्ध राेचक छ।
४.अ वाक टु रिमेम्बर-
सन् २00२मा रिलिज भएकाे याे चलचित्र पनि निकाेलस स्पार्ककै उपन्यासमा अाधारित छ।एडम स्याङ्कमेन निर्देशित याे चलचित्र पनि विशुद्ध प्रेमकथाकाे चलचित्र हाे ।मेन्डी मुरि(जेमी)सेन अाेयस्ट(लण्डन कार्टर)काे प्रेम कथालाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ।प्रेमलाई ,राेग,धर्म तथा सामाजिक परिस्थितिले कसरी प्रभावित बनाउछ भन्ने कुरालाई देख्न पाईन्छ।
५.डियर जाेन.लेसी-
हालस्ट्रम निर्देशित याे चलचित्र सन्२०१० मा रिलिज भएकाे चलचित्र हाे।निकाेलस स्पार्क काे उपन्यासमा अाधारित याे चलचित्रमा सैनिक जीवन ,सैनिक र गैर सैनिक बीचकाे प्रेम कहानी समेटिएको छ।चान्निङ तातुम (जाेन)रअमान्दा सिफ्रेड(सभान्हा)प्रेमी प्रेमिकाकाे रूपमा छन।