सुरुभयो सौगात र नम्रताको ‘माछा माछा’ छांयाकन

433

काठमाडौं। सुनिल गुरुङको निर्देशन रहने चलचित्र ‘माछा माछा’को निर्माण हुने भएको छ। चलचित्रले तीन जना गाउँले यूवाहरुले आफूलाई शहरमा स्थापित गर्नका लागि गरेको संघर्षको कथालाई उठान गर्नेछ। चलचित्रको मुख्य तिन पात्रका रुपमा नायक सौगात मल्ल, विजय बराल र अनोज पाण्डे देखिदैछन् ।

सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारले निर्माण गर्दैछन् । १ महिनामा चलचित्रको छायांकन सक्ने योजना निर्माणपक्षको छ।

आजबाट काठमाण्डौको गौरीघाटलाई लोकेशन बनाउँदै सुटिण्ग सुरु गरेको यस चलचित्रको छायांकन काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका स्थानमा हुने निर्माणपक्षले जनाएको छ । चलचित्रमा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणी नेपाल, पुस्कर लगायतको मुख्य भूमिका रहनेछ ।

Comments

comments