इन्द्रेणी न्युज,काठमाडौं। यो वर्षको बहु-प्रतिक्षित चलचित्र रेस-३ को ट्रेलर मे पन्ध्र मा सार्बजनिक भैसकेको छ। बक्स अफिसमा राम्रो प्रभाब देखाउने सक्ने अनुमान सबैले गरेका छन्।
जून पन्ध्रमा रिलिज हुने यो चलचित्र को लागत भने सय करोड भन्दा माथि नै छ।रोमियो दिसोजा निर्देसित यो चलचित्र ले पाच सय करोडको व्यापार सजिलै गर्ने विश्लेषकहरुले समेत अनुमान लगाएका छन्।
एस अघिका रेसले (२००८ )एक सय चार करोड अनि रेस दुइले(२०१३)एकसय बैसट्ठी करोडको व्यापार गरेका थिए। रेस र रेस दुइको मुख्य भूमिकामा सेफ अलि खान थिए भने रेस-३ मा सलमान खानको मुख्य भूमिका रहेको छ।