सिर्जना शाहि ‘सिर्जु’को -‘गजल’

462

गजल


  साँझमा ताराहरुले उनकै गीत गाए झै लाग्छ
हावाको मिठो स्पर्श उनैले पठाए झै लाग्छ

हावा सङ्गै बहकिदा आफैलाई भुलेछु हजुर
बादलपनि मलाई हेर्न नजिकै आए झै लाग्छ

   कहिले भन्छन गाजल राम्रो कहिले आँखा राम्रो
घरीघरी कपाल तान्दै उनैले जिस्काए झै लाग्छ

     रिमझिम रिमझिम पानी ,खुसि मनाउदै छ यहाँ
यो बर्सात मलाई छुन मेरै लागि धाए झै लाग्छ

     पर उनी उनको याद यता,बर्सौ भएछ टाढिएको
मनभित्र सम्झनाले खोक्रो पारी खाए झै लाग्छ

सिर्जना शाहि, काठमाडौं

Comments

comments