शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग

117

काठमाडौँ, ९ जेठ- शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं अनुसन्धानमा राज्यको कम लगानी भएको गुनासो गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई गहिरोसँग नपक्डी सन् २०२२ सम्म नेपाल विकासशील देशको सूचीमा उक्लन नसक्ने बताउनुभयो ।

“खोज अनुसन्धानलाई विकाससँग जोड्नुपर्छ, मन्त्रालयले अनुसन्धानका लागि छुट्याएको बजेट कार्यविधिका कारण खर्च हुन सकेको छैन, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले स्रोतको अभावमा अनुसन्धान गर्न नसक्ने वैज्ञानिकलाई सहयोग पु¥याउन नगरभित्रका ७१ विद्यालयका विद्यार्थीबाट रु दुई÷दुईका दरले जम्मा गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षाविद् विद्यानाथ कोइराला, डा दीनेश भुजु, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सल्लाहकार दक्षिण कोरियाका वैज्ञानिक डेज लि, केन्द्रका अध्यक्ष रमेश दाहाल, कोषाध्यक्ष गणेशबहादुर राउत, सचिव विराज ढुंगानालगायतले आगामी बजेटमा विज्ञान र प्रविधि क्षेत्रको अनुसन्धानलाई प्राथमिकता दिन माग गर्नुभयो ।

Comments

comments