भदौ १ लाई सर्‍यो आँचल र आकाशको ‘ब्ल्याक

411

इन्द्रेणी न्युज, काठमाडौं। चलचित्र ‘ब्ल्याक’ को रिलिज मिति पछाडी धकेलिएको छ। जेठ ११ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र अब भदौ १ गतेबाट रिलिज हुनेछ। बैशाख अन्तिम साता सम्म चलेको निर्माता संग र चलचित्र संघ बिचको लफडाका कारण चलचित्र पछाडी धकेलिएको निर्माण टिमले बताएको छ।आन्दोलनका कारण चलचित्रमा प्रचारमा अन्योलता कायम भएको र सोचेजस्तो प्रचार गर्न नसकेको कारण बताउदै निर्माण टिमले चलचित्रको रिलिज मिति करिव ३ महिना पछाडी धकेलेको छ।

तर भदौ १ गते चलचित्रलाई बाटो उति सहज भने हुने छैन। सोहि मितिमा चलचित्र ‘जय शम्भु’ ले आफ्नो रिलिज मिति तय गरेको छ। चलचित्रमा अनुपविक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा शिवाकोटी मुख्य भूमिकामा रहेका छन्।

प्रदिप श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको चाडै नै ट्रेलर रिलिज गर्ने निर्माण टिमले बताएको छ। लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रमा आष्मा पाण्डे प्रस्तुतकर्ताको रुपमा रहेकी छिन्। चलचित्रमा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा रहेका छन्।

Comments

comments