काठमाडाैं,१० जेठ -राजस्थान राेयल्सस इन्डियन प्रिमियर लिग अाइपिएलबाट बाहिरिएको छ । गएराती भएको इलिमेनटरमा काेलकाता नाइट राइडर्ससँग २५ रनले पराजित भएपछि राजस्थान बाहिरिएको हो । जितसँगै काेलकाता नाइट राइडर्स अाइपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पराजित राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ।
कोलकत्ताले फाइनल प्रवेशका लागि भाेली सनरार्इजर्स हैदरावादसँग खेल्नेछ । यो खेलको विजेताले फाइनलमा चेन्नइसँगको भेट पक्का गर्नेछ ।
गएराती कोलकतामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित २० अोभरमा ४ विकेट गुमाएर १ सय ४४ रनमा समेटियो
राजस्थानका लागि सन्जु सामसेनले ५० र अजिक्ये रहाणेले ४६ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । त्यसअघि कोलकत्ताले दिनेश कार्तिकको ५२ तथा अान्द्रे रसेलको ४९ रनको पारी मद्दतमा १ सय ६९ रन बनाएको थियो ।