काठमाडाैं,१० जेठ – २२ बर्ष अार्सनलमा विताएका अार्सेन वेगरलाइ विदाइ गरेको इंलिस क्लव अार्सनलले नयाँ प्रशिक्षक भित्राएको छ । आर्सनलले उनाइ एमरीलाई आफ्नो नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । बुधबार आर्सनलका प्रमुख कार्यकारी इभान गाजिडिसले एमरीलाई प्रशिक्षकमा नियुक्त गरिएको घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
एमरी आर्सनलको नयाँ अध्यायको सुरुवात गर्नका लागि सर्वसम्मत रोजाइ रहेको गाजिडिसले बताएका छन् । आर्सनलले आफ्ना २२ वर्षदेखिका प्रशिक्षक आर्सेन वेङ्गरले यो सिजनको अन्त्यसँगै क्लब छोडेपछि नयाँ प्रशिक्षकको खोजी गरिरहेको थियो । एमरीले फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजी अार्सनल प्रवेश गरेका हुन् । उनले पिएसजीमा दुई सिजनमा एकपटक लिग वान तथा चारवटा घरेलु कपका उपाधि जितेका छन् ।
४६ वर्षे स्पेनिस एमरीले त्यसअघि सेभिल्लालाई सन् २०१४ र २०१६ को बिचमा लगातार तीनपटक युरोपा लिगको उपाधि जिताएका थिए । अार्सनलमा नियुक्त भएपछिको पत्रकार सम्मेलनमा उनले आर्सनललाइ युरोपको प्रमुख र धनी क्लब बनाउने र उपाधी जिताउने बताएका छन ।