प्रदर्शनको अन्तिम तयारीमा ‘सुनकेसरी’ New Nepali Movie 'Sunkeshari'

373

इन्द्रेणी न्युज,काठमाडौं। प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यहि जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन आईपुगेको हो । चलचित्रकी निर्मात्री एंव नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा सहित चितवन आईपुगेको टोलीले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी निर्मात्री तथा नायिका ऋचा शर्माले निर्माता संघले घोषणा गरेको आन्दोलनको कारण चलचित्रको प्रचार प्रसारमा ढिलाई भएको बताउनुभयो । निर्माता संघले घोषणा गरेको आन्दोलनको कारण जेष्ठमा रिलिज हुने भनिएको सबै चलचित्रलाई होल्ड राखिएको थियो जसको कारण फिल्मको प्रचार प्रसारमा ढिलाई भयो – ऋचाले भन्नु भयो ।

हरर जनरामा बनेको चलचित्र सुनकेसरीलाई दर्शकहरुले मन पराईदिनुहुनेमा आफ्नु ढुक्क रहेको ऋचाले बताउनुभयो । यस्तै ऋचाले सुनकेसरी यस अघी बनेको भनिएको हरर फिल्म भन्दा स्तरिय रहेको समेत बनाउनुभयो । नेपालमा यस अघी पनि हरर फिल्म नबनेका होइनन तर त्यती स्तरिय थिएनन् ऋचा भन्नुभयो । चलचित्रको सम्पूर्ण सुटिङ अस्ट्रेलियामा गरेको र अहिले सम्म १ करोड ३० लाख भन्दा बढी खर्च भईसकेको ऋचाले बताउनुभयो ।

नेपालमा आफुले खोजेको जस्तो लोकेसन नपाएको कारण अस्ट्रेलियामा गएर चलचित्रको सुटिङ गरिएको ऋचाले जानकारी दिनुभयो यस्तै ऋचाले सुनकेसरी बनाएर आफुहरुले ठुलो रिक्स लिगेको र अभिनयको हिसाबमा पनि सुनकेसरी आफ्नो लागि च्यालेञ्जिङ काम भएको बताउनुभयो ।

यस्तै चलचित्रमा निर्देशक अर्पण थापाले सुनकेसरी आफ्नो लागि पनि च्यालेञ्जिङ नै भएको बताउनुभएको छ । आफुले उच्च स्तरिय हरर फिल्म बनाउने कोशीश गरेका छौ, मलाई आशा छ फिल्मले दर्शकको राम्रो साथ पाउनेछ – निर्देशक थापाले भन्नुभयो । यस्तै थापाले सुनकेसरीले राम्रो माया पाएको खण्डमा धेरै हरर फिल्म बन्ने तर फिल्म नचलेको खण्डमा फेरी ५–७ बर्ष कसैले हरर फिल्म नबनाउने समेत थापाले दाबी गर्नुभयो । साथै थापाले फिल्म चल्ने नचल्ने भन्ने कुरा दर्शकहरुको मेण्टालिटीमा भर पर्ने पनि बताउनुभयो ।
फिल्म हेरेर मनोरन्जन लिने सोचका साथ हलमा जाने हो भने दर्शकलाई मन पर्छ तर हरर फिल्म भनेको छ हेरौ न मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने मेण्टालिटीका साथ गएमा मन नपर्न पनि सक्ने थापाको भनाई रहेको छ । थापाले रिक्स मोलेरै यो फिल्म बनाएको बताउनु भयो ।

जेष्ठ ११ गते ठुलो ब्यानरको कुनै पनि फिल्म नरहेको कारण सुनकेसरीलाई सोलो रिलिज जस्तै हुने पक्का छ । चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला सापकोटा र धर्मराज अधिकारी फिल्मको सह– निर्माता हुन भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् । फिल्मको कथा निर्देशक थापाले नै लेख्नुभएको हो ।

Comments

comments