बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ

129

जेठ ११, काठमाडौँ। साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एप्सको शुभारम्भ गरिएको हो।

यो मोबाइल एप यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ https://goo.gl/53AJJn
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिए । उनले हाल बैदेशिक रोजगारका क्षेत्रका नकारात्मक समाचार मात्रै धेरै आएको भन्दै यस क्षेत्रले राष्ट्रको विकासमा पारेको सकारात्मक योगदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

गेलानले हाल सरकारले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा म्यानपावर व्यवसायीले सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारी गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिए । हाल बैदेशिक रोजगारका सिन्डिकेट हटाउन सरकारले गरेको कार्यको संघ स्वागत गर्दछ । उनले भने “गलत गर्नेलाई कानूनी कठघरामा ल्याउनुपर्छ तर निर्दोष पर्नुहुन्न ।” उनले पछिल्लो समय म्यानपावर व्यवसायको धरौटी बढ्ने चर्चा चलेको भन्दै यसका लागि एक समिति बनाएर गहन अध्ययन पश्चात सकारात्मक र नकारात्मक विषय हेरेर मात्र टुंगोमा पुग्नुपर्ने भन्दै व्यवसायीहरु हल्लाको पछाडी नलाग्न समेत आग्रह गरे ।

कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्ने ठाउँमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा धन्यवाद दिए । मोबाइल एप्स ल्याएर मात्र हुँदैन, त्यसमार्फत दिने सूचना अपडेट गरेर हरेक कामदार र म्यानपावर विच जोड्नु चुनौतीपूर्ण छ । उनले भने ‘बैदेशिक रोजगार विभागमा दैनिक गुनासाहरु आउने गरेका छन् त्यसलाई कम गर्न यस्ता एप्सले सहयोग पुगोस । ”
कार्यक्रममा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले बैदेशिक रोजगार मोबाइल एप्सले जनतामा सहि सूचना प्रवाह गर्न मद्त पुग्ने विश्वास लिए । उनले जनतामा सहि सूचना प्रवाह गराउन गरिने गर्ने यस्ता कार्यमा म्यानपावर व्यवसायी सदैब सहकार्य गरि अगाडी बढ्न तयार हुने धरणा व्यक्त गरे । विगतमा व्यवसाय सुरु गर्दा ऐन समेत नभएको कारण व्यवसाय गर्न असहज भएको स्मरण गर्दै उनले हालको बैदेशिक रोजगार ऐन २०६४ समेत समय सपेक्ष संसोधन हुनुपर्नेमा जोड दिए ।

‘बैदेशिक रोजगार’ मा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उध्यस्यले ‘बैदेशिक रोजगार’ नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जनाएको छ छ । साझा सबालले तीन बर्ष अघि परिक्षणको रुपमा मात्र सार्वजनिक गरेको ‘बैदेशिक रोजगार’ नामक एपलाई यसअघि पाएको बिभिन्न सुझावको आधारमा यो एपलाई साझा सबालले थप फिचर सहित औपचारिक लन्च गरेको हो ।
यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ ।

Comments

comments