सपना ,पाेल्याण्ड र दिल्ली

525

माईती नेपालका दुई महिला अाए। तरुनी देखिने केटीहरूकाे केरकार पछि बसले गति लियो । अाफ्नाे सिट अनुकूलका यात्रीहरू सँग परिचय साटासाट भईरहेका थिए। मुग्लिन -नारायणगढ मा जाम परेन भने पनि ३० घण्टा लामाे यात्रा थियो । सबैयात्रु यात्रालाई रमाइलो बनाउने प्रयत्नमा थिए।


प्रदिप सुवेदी/काठमाडौ

बिहान ९ बज्न अाँटिसकेकाे थियो , हतार हतार स्वयम्भू नजिकैकाे मन्जुश्री यातायातले सञ्चालन गरेकाे दिल्ली पुग्ने बस चढेँ। सजधजका साथ यात्रुहरू भरिदै थिएँ। जस्मा ३० भित्रका लक्का जवानहरूकाे सँख्या धेरै थियो । महिला अनि पाका उमेरका कमै थिए। निर्धारित समयमै बस छुट्याे। स्वयम्भू कलङ्की हुँदै थानकोट पुग्न दुई घण्टा लाग्यो । जाममा बानी परेकाे मलाई खासै बाेर लागेन। जाम,धुलाे,बाटाे,सिस्टमकाे बिषयमा बहस र गुनासा गुञ्जिदै थिए। म गम्दै थिएँ ।

कसैलाई भन्नू केही थिएन। केवल देखिने अनुहारलाई नियाल्नु थियोे । मुल्यांकन अाफैलाई बुझाउनु थियो । काेही परिचित छ कि भनेर पछाडि सिट सम्म नजर घुमाएँ। थानकोटमा बस राेकियाे।

माईती नेपालका दुई महिला अाए। तरुनी देखिने केटीहरूकाे केरकार पछि बसले गति लियो । अाफ्नाे सिट अनुकूलका यात्रीहरू सँग परिचय साटासाट भईरहेका थिए। मुग्लिन -नारायणगढ मा जाम परेन भने पनि ३० घण्टा लामाे यात्रा थियो । सबैयात्रु यात्रालाई रमाइलो बनाउने प्रयत्नमा थिए।

कसैका हातमा बियरका क्यान थिए,काेही म्युजिक डिमाण्ड गर्दै थिए।गन्तव्य सबैकाे दिल्ली ।जस्मा धेरैकाे पाेल्याण्ड दुतावास रहेकाे कुरा बुझे। छेउछाउ सिटभएका सबै सँग परिचय भैसकेको थियोे । गफगाफ,हाँसोमजाककाे सम्याेजन हुँदै थियोे यात्रामा ।

पाेल्याण्ड पुगेपछिकाे काम,तलब र सुबिधाकाे बिषयमा बहस चल्दै थिए। पि अार, युराेपियन गर्लफ्रेन्ड ,समुन्द्री किनार, सस्तो वियर,राताे पासपोर्ट कम्पनी परिवर्तन अादि ईत्यादि बिषय ठट्यौली पारामा बर्णन भईरहेका थिए। केही विद्यार्थी भिषामा जाने पनि थिए धेरै जसाे वर्क प्रमिटवाला। खाना खानकाे लागि मुग्लिनमा बस राेक्कियाे।खाना खादै गर्दा मुग्लिन नारायण गढ सम्मकाे बाटो सम्झिए। जुगेडीमा चाैध घण्टा राेकिएकाे सम्झे। चार पाँच चम्चा भात जबर्जस्ती निलेँ थप्न लगायरै।अाधा घण्टामा खाईवरि मुग्लिन छाेडियाे। ३६ किलोमिटर दुरी पार गर्न साढे ३घण्टा लाग्याे।याे साढे तीन घण्टामा अाशानिराशाका,खुसी र पिडाका,कल्पना र वास्तविकताका खिचडी पाके।

केही युवा देश बन्नेमा अाशावादी देखिए त केही पुरानाे पुस्ताका नेता नहटे केही हुन्न भन्ने बिचारमा सहमत भए।दुरदर्शिताकाे कुरा उठ्याे। सायद याे बाटोकाे बिकल्प भएपछि भत्काएको भए। यस्तै यस्तै प्रहार राजनीति र राजनीति गर्ने प्रति भईरहे। गुनासा हाँसो मजाक काे यात्रा सुनैाली बाेर्डरमा केही समय सुरक्षा जाँचकाे लागि राेकियाे। अलिअलि दुर्ववहार सहनु त सामान्य हाे।कतिले कसरी लिए । जे हाेस सुरक्षाकाे हिसाबले गरिएको चेकजाँच हाे। अाफैलाई सम्हाल्नु पर्छ। धेरैकाे गन्तव्य पाेल्याण्ड दुतावास सुनेर भारतीय कर्मचारीले “सारा नेपाल पाेल्याण्ड जाने भाे “भनेर गरेकाे ब्यङ्ग्यले चसक्क घाेच्याे।सुरक्षा जाँच पछि बिदेशी भुमिमा बस गुड्न थाल्यो । पहिलो पटक यात्रा गर्नेहरू बाटोकाे प्रशंसा गर्न थाले। हुनत नेपालकाे हाईवेकाे हिसाबले भारतकाे हाईवेकाे स्तर धेरै माथि छ।रेल्वे लिङ्क,मेट्राे रेल ..,बिकासकाे हिसाबले तुलना नगर्दा हुन्छ ,भारत पुगेर रेल देखेका हामीहरूले। झन गुनासा हरू धेरै गुन्जिन थाले,
। निद हराएको थियो सबैका अाँखामा,,धेरै पर देखिने

ईन्द्रणी सपनाले चाेरेकाे थियोे ।देशमा गर्न खाेज्नेहरू तर असफल भएका केही पात्रहरू जस्लाई फेसबुकमा जाेडेँ,यात्रा सँगै मन मिलेकाेले,बिचार मिलेकाेले।रात छिप्पिदै थियोे ,मनमा तिक्तता बढ्दै थियो । बिदेश जाने भिसा लगाउन बिदेश जान पर्ने याे कस्तो नियति हाम्रो पुस्ताकाे। साच्चिकै नेपाल रित्तिदै छ,युवा विहिन हुँदै छ?मनमा अनुत्तरित प्रश्न उठिरहे।रात ,बिहान दिन हुँदै साझ ५ बजे मज्नुकाटिला पुगियो । ३२ घण्टे बसकाे यात्रा टुंगियो। एउटा परिवार छुटेर छिन्नभिन्न भएकाे अाभाष भयाे। सबैकाे सफलताको कामना गर्दै अटाे चढेर बिधानसभा मेट्राे स्टेसन तिर लागेँ।

Comments

comments