इन्द्रेणी न्युज, काठमाडौं। रेखा थापा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘मालिका’को लगभग ५० प्रतिशत छायांकन सकिएको छ । बिहिबार बाँके कोहलपुरको भित्रि गाउँ दाउनमा नायिका रेखा थापा लाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि ७ गाउका ५०० भन्दा बढी जनमानस सुटिंग हेर्न आईपुगेका थिए। नायिका रेखा थापा जब गाउंमा पुगिन उनको सुरक्षाको लागी प्रहरी उपरीक्षक सहित १६ जना प्रहरीनै परिचालन गर्नु परेको थियो।
नायिका रेखा थापा लाई भेट्न के बालक, के बृध्दा सबैको उपस्थिति रहेको थियो । त्यस्तै नायिका थापाले उपस्थित गाउलेहरुसंग दोहोरो अन्तरक्रिया पनि गरेकी थिईन । हाल छायांकनमा रहेको सिनेमा मालिकामा रेखा थापा सहित नव कलाकार कमला ओली , किशोर खतिवोड़ा ,घनश्याम गिरि , किरण थापा लगायतकाको अभिनय रहेको छ ।
नायिका रेखाकी आमा सरस्वति थापा निर्माताको रुपमा रहेको यस् चलचित्रका कार्यकारी निर्माता नर कार्की रहेका छन् भने श्री श्रेष्ठको द्वन्द रामजी लामिछानेको कोरियोग्राफी र् रामशरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ।