इन्द्रेणी न्युज, काठमाडौं। इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि सुर्य कर्पोरेसनले जापानको टोकियोमा पहिलो पटक सेलेब्रिटीको लागी इन्टरनेशनल अवार्ड आयोजना गर्ने भएको छ। लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्बजनिक गर्दै अवार्डको घोषणा गरेको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछन् । बिश्वकै सबै भन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठुलो साँस्क्रितिक कार्यक्रम बिच अवार्ड संन्चालन हुने आयोजक संस्थाका बासु देव लामिछानेले बताएका छन ।
विश्वको सबैभन्दा महँगो अनि व्यस्थ शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको बुझिएको छ । सुर्य इन्टरनेशनल अवार्ड नाम दीइएको अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ।
चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने ब्यवस्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा सभ्य र भब्य अवार्ड गरिने तयारी भईरहेको बासु देव लामिछानेले बताईए।