‘जय शम्भु’को फस्टलुक पोस्टर रिलिज, पोस्टरमा झल्कियो वर्षा र अनुपको प्रेम

303

इन्द्रेणी न्युज,काठमाडौं। यही भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको र निकै प्रतिक्षित बनेको चलचित्र ‘जय शम्भु’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पहिलो प्रचार साम्रागी स्वरुप दुई पोष्टर सार्वजनिक गरिएको हो। चलचित्रका तीन मुख्य पात्र प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटी लाई फस्टलुक पोस्टरमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन दोखाईएको छ भने नायिका वर्षालाई साक्षि बनाईएको छ। यस्तै अर्को पोष्टरमा अनुप विक्रम शाही र बर्षा शिवाकोटीको लभ रोमान्स देखाईएको छ ।

पछिल्लो समय फिल्म क्षेत्रमा एक्शनको रुपमा आस देखाईएका दुई कलाकार प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीका कारण पनि जय शम्भुको प्रचार तिव्र भएको छ ।

रुपेश तामाङको निर्देशन, हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको यस चलचित्र्का प्रस्तुतकर्ता दिनेश शाही र जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आिदको मूख्य भुमिका रहेको छ ।

चलचित्रका निर्माण टिमले नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा फिल्मको विशेष शो गरिने जानकारी गराईएको छ ।

Comments

comments