च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको हृयाट्रिक

205

१३ जेठ, काठमाडौं। ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो।

शनिबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो ।

किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन म्याच विनिङ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

लिभरपुलको युरोपियन उपाधि सपनाका प्रमुख हतियार थिए मोहम्मद सलाह । सलाह, माने र फिर्मिनोको प्रदर्शनका कारण सुरुवातमा लिभरपुल केही दबावमा देखिएको पनि थियो ।

तर, चोटका कारण खेलको ३० औं मिनेटमा नै उनले रुँदै मैदान छाड्नु पर्‍यो । यो लिभरपुलका समर्थकका लागि पनि च्याम्पियन्स लिगको उपाधिको सपनामा धक्का थियो ।

यद्यपि पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

खेलको ५१ औं मिनेटमा ग्यारेथ बेलले रियललाई अग्रता दिलाए तर, चार मिनेटपछि नै मानेले अप्रत्यासित रूपमा बराबरी गोल फर्काएका थिए ।

६१ औं मिनेटमा इस्कोको ठाउँमा मैदान प्रवेश गरेका बेलले उत्कृष्ट प्रदर्शन गरे । उनले तीन मिनेटपछि नै रियललाई अग्रता दिलाए ।खेलको ८३ औं मिनेटमा ओभर हेड किकमार्फत गोल गर्दै रियल मड्रिडको उपाधि पक्का गरे । उनको यो गोल युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको छ ।

उनी म्यान अफ दि म्याच बने ।

खेलमा लिभरपुलका गोलरक्षक लोरिसको प्रदर्शन विर्सनलायक रहृयो ।

Comments

comments