पोष्टरसँगै सलोन र साराको ‘सुश्री सम्पति’ प्रदर्शन मिति तय

1152

काठमाडौं । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘सुश्री सम्पति’ आउँदो भदौको २२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माण टिमले प्रदर्शन मिति तयसँगै पोष्टर पनि सार्वजनिक गरेको हो। पोष्टरमा चलचित्रका तिनपात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् ।

सुरेश अधिकारीको शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ। रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

चलचित्रले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन् । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

Comments

comments