कलाकार छान्दै नायकद्वय सलोन र आमेश

510

इन्द्रेणी न्युज,काठमाडौं। नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी लगायतको टीमले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै देशभरका प्रतिभालाई नेपाली चलचित्र क्षेत्रमा बिशेष अवसर दिने भएका छन् । यसअघि ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को टीममा सलोन र आमेशको साथमा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा–युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने नायक बस्नेतले बताए ।

यहि असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भईसकेको छ । काठमाण्डौ उपत्यकाबाट शुरु हुने प्रतियोगिता देशभरका आठ शहरमा हुने बताईएको छ । प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ(छ जनाले ुमिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउडु प्रतियोगितामा भाग लिन पाउनेछन् ।

काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।

आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ुमिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउडु विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईनेछ ।

Comments

comments