मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ सार्वजनिक

128

इन्द्रेणी न्युज,काठमाडौं। श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ’एकतर्फी माया’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी तथा बरिष्ठ संगीतकार दिपक जंगमले संयुक्त रुपमा विमोचन गर्नु भएको एल्बममा चार आधुनिक तथा चार लोकपप गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेको भने यो छैठौ एक्ला एल्बम हो । यस अघि उनको एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा आइसकेका छन् । लेखनका सबै बिधामा कलम चलाउने न्यौपानेका करिब शय भन्दा बढि गीत, गजल र भजनहरु संग्रहित छन् ।

अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् । गायक गुरागाईंको माई च्वाइस नामको गीति एल्बम केहि बर्ष अगाडि सार्बजनिक भएको थियो भन उक्त एल्बमको ’म ज्यूँदो लाश बन्न चाहान्न’ बोलको गीत सर्बा्धिक रुचाइएको थियो । साथै गायक गुरागाई रेडियो नेपालका आधुनिक र लोक बिधाका “क”श्रेणीका गायक पनि हुन ।

संगीतकार दीपक भट्टराई भने जापान बसेरै नेपाली गीत संगीतको आकाशमा रुचाइएका छन । शास्त्रिय संगीतका गूरु दीपकका हाल सम्म पाँच वटा एकल एल्बम र करिब डेढ शय जति गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् । साथै कार्यक्रममा अभिनेत्री मरिश्का पोखरेलद्वारा निर्देशन गरिएको गीत सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । उनले निर्देशन गरेको ’एकतर्फी माया’ गीतमा उनि स्वयम् देखिएको छन् भने उनको को(स्टारको रुपमा पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।

होम नाथ न्यौपाने ( हामीले केहि समय अगाडी देखि नै एल्बम ल्याउने तयारी थालेका थियौ । समय मिल्नु पर्ने रैछ , त्यो अहिले मिल्यो । हामीले यसमा सबै किसमका गीतलाई समेटेका छौ । यसैले गर्दा यो एल्बम सबैको लै हो । यसमा चार गीत संग्रहित छन् ।

मरिश्का पोखरेल ( पहिलो पटक निर्देशनमा आएको छु , अलि फरक महसुश भइरहेको छ । मलाइ विश्वास गर्ने तिम्लाई धन्यवाद दिन चाहन्छु अनि मैले गीतको भाव अनुसार भिडियोलाई देखाउने कोशिश गरेको छु । गीतमा मलाइ साथ् दिनु हुने सम्पूर्णलाई धन्यवाद । मेरो रुची निर्देशन पनि हो , आउदा दिनमा गीत मन परेमा निर्देशनलाई पनि निरन्तरता दिनु छु ।

मुरारी गुरागाईं ( गीत संगीतमा रुची सानै देखि हो । बसाइ प्रवासको भएता पनि आफ्नो रुचीलाई मैले जोगाई नै राखे । रेडियो नेपालको गायनमा छनोट भए देखि नै मलाइ यस क्षेत्रमा अगाडी बढ्न हौसला मिल्यो । यसैको निरन्तरता हो , एल्बम । आउदा दिनमा पनि दर्शक र श्रोताको रुची अनुसारको गीतसंगीत बजारमा ल्याउने प्रयास जारि रहनेछ ।

Comments

comments