अनेरास्ववियु ctevt राष्ट्रिय कमिटीले आज आफ्नो दोश्रो बैठक सम्पन्न गरेको छ। कमिटीका अध्यक्ष रमेश सिंह ठकुरीको अध्यक्षता,संगठनका केन्द्रीय कोषाध्यक्ष झपिन्द्र खत्रीको प्रमुख आथित्यता,ctevt ईन्चार्ज आद्रता रेग्मीको बिशेष आथित्यता र ctevt केन्द्रिय प्रतिनिधी दीपक धामीको आथित्यतामा सम्पन्न भएको दोश्रो बैठकले बिबिध महत्वपुर्ण निर्णयहरु समेत गरेको छ ।
बैठकले संगठनको बिधी-बिधानलाई लत्याएर चन्दा आतंक गरेको र आफ्ना स्वार्थहरु पुरा गर्न संगठनलाई प्रयोग गरी बिभिन्न अबान्छित कृयाकलापहरु गर्न खोजेको आरोपमा अनेरास्ववियु अतभखत उपत्यका जिल्ला कमिटीका अध्यक्ष मुनसिह धामीलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय समेत गरेको छ।
साथै निजलाई पदबाट निलम्बन गरे संगै कमिटीका उपाध्यक्ष बिशाल खड्कालाई उक्त कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।