सुहाना सँग रोमान्स गर्दै अनमोल, ३० लाख लिएर साइन गरे ए मेरो हजुर-३

1286

इन्द्रेणी न्युज, काठमाडौं। अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा तयार हुने चलचित्र ‘ए मेरो हजुर-३’मा सुपरस्टार अनमोल केसीले साइन गरेका छन्। अभिनेता अनमोलको हाल छायांकन भैरहेको चलचित्र ‘क्याप्टेन’ रिलिजको ६ महिनापछि मात्र ‘ए मेरो हजुर ३’ प्रदर्शन गर्नुपरे सर्तमा अनमोलले ‘ए मेरो हजुर्-३’ साइन गरेका हुन्।

आगामी भदौ महिनाबाट छायांकन सुरु गर्ने यस चलचित्रका लागी अभिनेता अनमोलले ३० लाख भन्दा बढी पारिश्रमिक लिएर चलचित्र साइन गरेको निर्माण पक्षले जनाएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानर बाट निर्माण गरिने यस चलचित्र ‘ए मेरो हजुर ३’ मार्फत झरनाकी छोरी सुहानाले डेव्यु गर्ने छिन भने चलचित्रमा सुहाना र अनमोलको जोडिलाई देख्न सकिनेछ।

सुनिल कुमार थापाको निर्माण र हरिहर अधिकारीको कथा रहने चलचित्रलाई आउदो नयाँ बर्षमा रिलिज गर्ने गरी तयारी थालेको निर्देशक झरना थापाले जानकारी दिएकी छिन् ।

चलचित्रका लागि अहिले धमाधम गीतसंगीत तयार पार्ने काम भइरहेको छ भने यसअघि पनि ‘ए मेरो हजुर २’ चलचित्रका लागी अभिनेता अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन ।

Comments

comments