सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

56

फलेवास, पर्वत, १३ जेठ। यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ ।फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

कानून विषयमा पढ्नका लागि विद्यार्थी पोखरा, काठमाडौँ लगायत शहरमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कानुन विषयका कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रद्यानाध्यापक यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

Comments

comments