गोली चलाई रकम लुटपाट

51

धनगढी, १३ जेठ।  धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ ।

उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पु¥याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ ।

Comments

comments