बाइक दुर्घटनामा परे गायक परियार

752

इन्द्रेणी न्युज,काठमाडौं। युवापुस्ता माझ निकै रुचाइएका चर्चित गायक शिव परियार दुर्घटनामा परी घाइते भएका छन् । बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ ।जेड बाइकले ठक्कर दिएपछी उनि दुरघटनामा परी घाइते भएका हुन्।

दुर्घटनामा परी घाइते भएका गायक शिवको अहिले सामाखुशी स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ भने उनको दाहिने खुट्टामा गहिरो चोट लागेको हो ।केही दिनको उपचारपछी उनि घर फर्किन सक्ने ग्राण्डी अस्पतालका डक्टरहरुले जानकारी दिएका छन्।

Comments

comments