‘बेबि आई लभ यू’ को रोमान्टिक गीत ‘कहानी तेरो र मेरो’-भिडियो New Nepali Movie - "Baby I Love You " Song || Kahani Tero Ra Mero

240

इन्द्रेणी न्युज,काठमाडौं। लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित चलचित्र ‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यही जेठ १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ‘कहानी तेरो र मेरो’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । पछिल्लो समय चलचित्र प्रदर्शनको छेको पारेर गीत रिलिज गर्ने होडबाजी व्यापक रुपमा चलेको छ भने यस चलचित्रका निर्माण युनिटले पनि चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा सो चलचित्रको गीत रिलिज गरेको छ।

सार्वजनिक उक्त गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर छ भने शब्द तथा संगीत पनि सन्तोषकै हो ।

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचर्ड छन् । सन्तोषको कथा रहेको ‘बेबि आई लभ यू’ लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ ।

सुरज आचार्यले खिचेको यस चलचित्रमा सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतका कलाकरहरुको अभिनय रहेको छ।

Comments

comments